आजकल प्रदुषण, खानपानमा आउको बदली र दिनचर्याका कारण कपाल झर्ने, टुक्रिने र कपालको गुणस्तरमा कमी आउने जस्ता समस्या बढ्न थालेका छन्।
Advertisement
अनुहारको स्याहार गरेजस्ते कपालको पनि रेखदेखमा ध्यान पु¥याउन उक्तिकै महत्वपुर्ण छ।
अन्य समयमा भन्दा गर्मीको समयमा बाहिर जाँदा प्रदुषण ,घामको किरणले कपाललाई अझ बढी असर गरिहरको हुन्छ। यस्तो अवस्थामा कपाललाई असर हुन बाट बच्च घरैमा पनि विभिन्न उपाय अपनाउन सकिन्छ।
कपालको सुरक्षा गर्न निम्न घरेलु उपाय गर्न सकिन्छ:
– कपालको प्रकृति अनुसारको स्याम्पु र कन्डिसनर प्रयोग गर्ने,
– कपालमा चााया छ भने घरैमा दहिमा आधा टुक्रा कागतीको र हरबल, सिकाकाई, हर्रोबर्रोको धुलो मिसाएर दुई घण्टामा सम्म लगाउने र धुने गर्नले चाँया कम भएर जान्छ। यो उपाय हप्तामा एक पटक गर्न सकिन्छ।
– कपालको चमक बढाउन क्याष्ट्रो ओयलमा अदुवाको रस,प्याजको रस मिसाएर कपालको जराजरामा लगाउने र तातो पानीमा तौलिया भिजाई स्टिम लिने गर्दा पनि निकै राम्रो हुन्छ।
– कपालको गुणस्तर बनाई राख्न हर्वल मेहन्दी पनि निकै रामो मानिन्छ। मेहन्दीले कन्डिसनरको पनि काम गर्छ। कपालमा रङगको लागि लएउ दुई घण्टा , कन्डिसनरका लागि आधा घण्टासम्म मेहन्दीको प्याक लगाई धुने गनर्नले पनि कपाललाई गुणस्तरीय बनाउन सहयोग पुग्छ।
– तोरी र नरिवलको तेल पालैपालो हप्तामा एक पटक मालिस गर्नाले कपालको चमक रहीरहन मद्दत मिल्छ। त्यसले साइनिङ दिन्छ।
– तोरीको तेलमा अण्डा हाली फिटेर कपालमा मालिस गर्नाले कपालमा साइनिङ आउनुका साथै बलियो बनाउन सहयोग पुग्छ। यदि कपालमा चाँया छ भने त्यसमा कागतिको रस मिलाएर पनि लगाउन सकिन्छ।
त्यसबाहेक गर्मी मौसममा बाहिर जाँदा स्कार्फले कपाल छोप्ने। १२ बजेको मध्यान्हमा बाहिर ननिस्कने , निस्कनै परेमा कपाललाई खुला छोडनु हुँदैन।
-(पाठक ब्युटिसियन हुन्। स्वास्थ्य खबर ।)









