नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायल आक्रमणमा परी ज्यान गुमाएका मृतक नेपालीको शव र घाइतेहरुको यथाशिघ्र उद्धार गर्न आग्रह गरेका छन्।
प्यालेस्टानी समूह हमासद्वारा इजरायलमा गरेको आक्रामणमा परी १० नेपालीको ज्यान गएपछि एमाले अध्यक्ष ओलीले सरकारसँग सो आग्रह गरेका हुन्।
Advertisement
‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो, दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ, हामी सबै शोकमा छौं,’ ओलीले भनेका छन्, ‘घाइतेको तत्काल उद्दार गर्न, बन्धक बनाइएकाहरुको रिहाइ र मृतकको शव ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्। ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना।’
इजरायलमा हमासले अचानक गरेको आक्रामणमा परेर दुवैतर्फ एक हजारबढीको ज्यान गएको छ।









