देशको सार्वभौम माथि किन राजनीतिक ?

खजुरा २०८० असोज २२ बाँकेको नेपालगन्जमा भएको यो घटनाले र धरान मलंगवा सलार्ही मा भएको घटनाले गर्दा नेपालमा धार्मिक द्धन्द्ध भइरहेको छ हामीलाई आखिर जे डर थियो, जानी–नजानी मुलुक त्यही बाटोतिर अग्रसर छ । राजनीतिक अस्थिरता र संक्रमणबाट पटक–पटक गुज्रँदै आएको देश फेरि त्यस्तै अर्को महासंकटको डिलमा उभिएको छ ।

 

Advertisement

एकातिर साम्प्रदायिक र धार्मिक हिंसा भड्काएर अराजकताको आगोमा राजनीतिको रोटी सेक्ने प्रपञ्च गरिराखेको स्वार्थ समूह हाबी हुन खोज्दै छ भने अर्कातर्फ लोकतन्त्रका आवरणमा ‘दलालतन्त्र’ को बोलवाला बढिरहेको छ ।

 

तत्काललाई हिंसा भड्काउने कुत्सित मनसाय मत्थर भए पनि जोखिम टरिसकेको छैन । धरान, मलंगवा, नेपालगन्जमा भएका असहिष्णु र निन्दनीय क्रियाकलापहरू ‘ट्रेलर’ मात्रै हुन् ।

 

अवाञ्छित अभीष्ट बोकेको देशी–विदेशी स्वार्थ समूह नियोजित अस्थिरता सृजना गर्दै ‘पूरै फिल्म’ देखाउने मिसनतर्फ उद्यत छ ।यति नै बेला संघीय गणतन्त्रका हिमायतीहरू निर्लज्ज भएर लोकतन्त्रको हुर्मत लिइराखेका छन् । यसैको पछिल्लो नजिर हो— हत्याजस्तो जघन्य अपराध गरेर सजाय खेपिरहेका एक गुण्डा नाइकेको राजनीतिक आबद्धता र प्रभावका आडमा गरिएको कैद सजाय मिनाहा ।

हुन त सर्वोच्च अदालतले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको यो कर्तुतमाथि डन्डा चलाएको छ, तर नीचताको यो हदमा ओर्लिएर गरिएको विधिको उपहासले सामान्य जनता ९कमन म्यान० न्याय खोज्न कहाँ जाने भनेर बिलखबन्दमा परेका छन् ।

यस पटक यो स्तम्भमा नेपाली राजनीतिलाई तिनै ‘कमन म्यान’ को नजरबाट हेर्ने प्रयत्न गरिएको छ । राजनीतिक, दलीय वा कुनै नेताको आग्रहबाट टाढा, दुःखजिलो गरेर दैनिकी टार्ने एउटा कमन म्यानको नजरबाट अहिलेको राजनीति नियाल्दा कस्तो देखिएला रुराजनीति सामान्य जनताका लागि यति दुरूह बन्दै गएको छ, तिनले न टेक्ने लौरी भेट्छन् न त समाउने हाँगो नै ।

‘जनता’ भनेको कुनै देशमा बस्ने मान्छेहरूको समष्टि हो भनेर नेपाली बृहत् शब्दकोशले अर्थ्याउँछ । राजनीतिशास्त्रले पनि कुनै निश्चित भूगोलमा राजनीतिक–सामाजिक लगायत विभन्नि अधिकारसहित बस्ने मानिसहरूलाई जनता भनेर परिभाषित गर्छ ।

 

समाजशास्त्री चैतन्य मिश्रका शब्दमा, जनतामा आमपना, अमुकपनाका साथै केही हदको समानपना निहित छ लोकतन्त्र र आजको मार्क्सवाद,  ।

जनताका अनेक परिभाषा र प्रयोग भएका छन् । जनता शब्दको खपत राजनीतिक बजारमा जति सायदै कतै होला; हरेक सन्दर्भमा इति र अन्त्य जनताकै हक–अधिकारको कुराबाट गरिन्छ । यसरी हेर्दा जनता कुनै चित्रकारको अमूर्त चित्रझैं लाग्छ । यद्यपि यो विश्लेषण जनताबारे गरिएका जटिल परिभाषा र अर्थहरू खोज्न केन्द्रित छैन ।

 

यहाँ उल्लेख गर्न खोजिएको जनताको प्रतिनिधि पात्र सर्वोच्च अदालतको ढोकैमा ढलेकी भारती मानन्धर हुन् । कुनै पनि नेपाली जनसाधारणले भोग्ने नियति भारतीको भन्दा भिन्न छैन ।

किनभने, कारण अनेक छन् । लोकतान्त्रिक आन्दोलनको अगुवाइ गरेर संघर्षले खारिएको भनिएको एउटा सिङ्गो राजनीतिक पुस्ता नै बेकामे साबित भएको छ । त्यसपछिको दोस्रो पुस्ता जोखिम मोल्न नसक्ने अवसरवादी प्रवृत्तिको छ । केही गर्ला कि भन्ने आशा गरिएको नवोदित पुस्ता प्रियतावादको घुम्टोमा छ ।

 

सरकाररप्रशासनयन्त्र कामचोर र भ्रष्ट छ । समाजमा जनमत निर्माण गर्ने, राजनीतिक नेतृत्वलाई खबरदारी र दबाब दिने मिडियारनागरिक समाज आफैं विभाजित, कमजोर र निरीह बन्दै छ । यही मौका छौप्दै एउटा तप्का सिनो भइसकेको राजसंस्था बोकेर हिँडेको छ । स्वदेशी–विदेशी स्वार्थसमूहबाट परिचालित व्यक्ति अनि समूहहरू धर्म र सम्प्रदायका नाममा नियोजित द्वन्द्व ‘उत्पादन’ को प्रयत्नमा छन् । यो सबै अवस्था टुलुटुलु हेरेर बस्ने नियतिमा छन्, जनता ।

सार्वभौम नेपाली जनतालाई कसैले ‘इतिहासनिर्माता’ भने त कसैले ‘मालिक’ को संज्ञा दिए । तर, खासमा नेपाली जनताको हालत छट्टु सेवकहरूबाट प्रताडित एउटा निरीह मालिकको जस्तै छ । वर्तमान नेपाली राजनीतिले एउटा निरीह मालिकको कथा सम्झाउँछ, जो सेवकहरूबाट पटकपटक ठगिन्छ ।

कथा यस्तो छ— एक वृद्ध मालिकले आफ्नो सुसारका लागि एक सेवक राख्छ । मालिकले सेवकलाई दैनिक एक लिटर दूध पिलाउने जिम्मेवारी दिन्छ । सेवक काम पाएकामा उत्साहित हुन्छ र मालिकलाई नियमित रूपमा एक लिटर दूध पिलाउँछ । केही दिनमै सेवकको नियत बिग्रन्छ । उसलाई लोभ लाग्न थाल्छ अनि मालिकको एक लिटर दूधबाट एकचौथाइ चोरेर आफैं पिउन थाल्छ र मालिकलाई चौथाइ पानी मिसाएर दिन थाल्छ ।

सेवकको चोरी थाहा पाएको छिमेकीले त्यो मालिकलाई दूधमा घोटाला भइरहेको छ भनेर सजग गराइदिन्छ । सचेत भएको मालिकले सेवकको निगरानी गर्न अर्को सेवक राख्छ । दोस्रो सेवकको जिम्मेवारी हुन्छ, दूधचोर सेवकको निगरानी गर्नु । नयाँ सेवकले केही दिन राम्रै निगरानी गर्छ । तर, केही दिनपछि उसमा पनि लालच जन्मिन्छ । अब दुवै सेवक मिलेर एक–एक चौथाइ दूध चोर्न थाल्छन् र त्यति नै पानी मिसाएर मालिकलाई पिलाउन थाल्छन् ।

छिमेकीले दुवै सेवकबाट ठगी भइरहेको सुराक फेरि मालिकलाई दिन्छ । अब मालिक दुई सेवकको निगरानीका लागि तेस्रो सेवक राख्ने निधोमा पुग्छ । तर, कथा उही दोहोरिन्छ ।

 

अब तीन सेवक मिलेर एक–एकचौथाइ दूध चोर्न थाल्छन् र एकचौथाइ दूधमा तीनचौथाइ पानी मिसाएर मालिकलाई पिलाउँछन् । वृद्ध मालिक झन् कमजोर हुँदै जान्छ । छिमेकीले चिन्तित भएर सबै सेवकको ठगीबारे पुनः सचेत गराइदिन्छ ।

मालिक हार मान्दैन र इमानदार सेवकको खोजीको प्रयत्न जारी राख्छ । ऊ तीन सेवकको निगरानी गर्न चौथोको व्यवस्था गर्छ । तर, यस पटक अवस्था झन् गम्भीर बन्छ ।

 

चारै जना मिलेर एक–एक चौथाइ दूध पिउन थाल्छन् । र, अब मालिकका लागि दूध नै बच्दैन । त्यसपछि चारै सेवक मिलेर एउटा जुक्ति गर्छन् । मालिक निदाएको मौका पारेर उनीहरू दूधको मलाई बूढाको जुँगामा दलिदिन्छन् ।

 

बिहान उठेपछि मालिक सेवकहरूलाई सोध्छ, ‘हिजो तिमीहरूले मलाई दूध पिलाएनौ रु’ तर, सेवकहरू एकस्वरमा जवाफ दिन्छन्, ‘तपाईंले हिजो बेलुकी नै पिइसक्नुभयो त ।’ उनीहरू मालिकलाई ऐना देखाउँदै जुँगामा लागेको मलाई प्रमाणका रूपमा पेस गर्छन् । र, वृद्ध मालिक पत्याउन विवश हुन्छ ।

त्यो मालिक र नेपाली जनताको विवशतामा के फरक छ र रु राजनीतिक नेतृत्वले भाषणहरूमा जनतालाई मालिक र आफूलाई सेवक भने पनि व्यवहारमा नेपाली जनताको नियति कथाको मालिकको जस्तै छ । राजनीतिक सिंहासनमा विराजमान शासक वर्गले जनतालाई निरन्तर ठग्दै आएको छ ।

प्रश्न उठ्छ, जनता निरीह बनिरहने कि छट्टु सेवकहरूलाई सबक पनि सिकाउने

खासमा नेपाली जनताको इतिहास गर्विलो छ । दास, रैती, प्रजा हुँदै जनता र नागरिक श्रेणीमा उक्लेका आम नेपालीजनको चेतको असली परीक्षण हुने समय आएको छ ।

 

यस अर्थमा यो बेला असफल राजनीतिक नेतृत्व मात्रै होइन, सामान्य जनता पनि कठघरामा छन् ।

नेपाली समाज चरम निराशाको चरणमा छ । दिनहुँ हुने भेटघाटहरूमा सकारात्मक ऊर्जा प्राप्त मुस्किलले हुन्छ । आर्थिक सूचकहरू ओर्लंदा मान्छेका दैनिकीहरू प्रभावित छन् । सामाजिक सद्भाव बिथोलिँदै गएको छ । मासिनहरू देशमा बस्न नसक्ने देखेर बिदेसिने प्रवृत्ति

ह्वात्तै बढेको छ । राजनीतिप्रति वितृष्णा चुलीमा पुगेको छ । यी र यस्ता अनेक नकारात्मक सूचकहरूले यो राजनीतिक प्रणालीमाथि प्रश्नचिह्न लगाइदिएका छन् ।

 

एक थरी भन्छन्— व्यवस्था बदलियो, अवस्था बदलिएन; त्यसकारण अवस्था बदल्न लाग्नुपर्छ । अर्को थरीलाई लाग्छ— व्यवस्था नै अवस्था नबदलिनुको कारक हो; व्यवस्था नै बदल्नुपर्छ । हो, यहीँनेर ‘इतिहासनिर्माता’ भनिएका जनताको चेतको परीक्षण हुने हो ।

विधिको उपहास गर्ने, भ्रष्टाचार र कुशासन बढाउने राजनीतिक नेतृत्व माफीलायक छैन । जनस्तरमा परीक्षण भएर असफल भइसकेको शीर्ष राजनीतिक पुस्ताप्रति विश्वास जागृत हुने अवस्था देखिँदैन ।

 

असफल भइसकेको यो पुस्ताकै बिदाइ अनिवार्य छ । तर, के निराशा र आक्रोश बढेको मौका छोपेर इतिहासमा परीक्षण भएर असफल भई मिल्किएको राजसंस्था र धार्मिक अतिवादको औचित्य फेरि स्थापित हुन सक्छ रु केही थान नेताको अक्षमताको मूल्य संघर्ष र बलिदानबाट आएको सिङ्गो प्रणालीले चुकाउनुपर्ने हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु