file photo
नेपालगन्ज- गाउँ पसेर घरपालुवा जनावर खाने बाघलाई बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले राप्तीसोनारी गाउँपालिका –८ बालापुको सामुदायिक वनबाट पोथी बाघलाई नियन्त्रणमा लिएको छ ।
Advertisement
बाँके राष्ट्रिय निकुञ्जका अनुसार उक्त बाघले स्थानीयका गोठमा पसेर घरपलुवा जनाबारमाथि आक्रमण गरेर क्षति गर्दैआएको थियो । हात्तीसहितको निकुञ्जको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएको बाघलाई उद्धार गरेर निकुञ्जको खैरीखोलास्थित खैरीपोष्टको खोरमा राखिएको छ ।









