नेपालगन्ज । नेपालगन्जमा सञ्चालनमा रहेको लर्डबुद्ध एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगन्ज शिक्षण अस्पताललाई सञ्जीवनी अस्पतालको नाममा रुपान्तरण गरेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले २४ घण्टाभित्र अनुमति लिएको प्रमाण पेश गर्न निर्देशन दिएको छ । मेयर प्रशान्त विष्टले एक विज्ञप्ती जारी गरी उक्त निर्देशन दिएका हुन । उनले अनुमति लिएको नभएको भए सञ्जीवनी अस्पतालको बोर्ड हटाइ कानुन बमोजिम अनुमतिपत्र गरेअनुसार कारोबार गर्न गराउन निर्देश दिइएको छ ।
सेवा सुविधा विस्तारलगायतका मागसहित कर्मचारी आन्दोलनमा उत्रिएपछि अस्पताल प्रशासनले नेपालगन्ज शिक्षण अस्पतालको बोर्ड हटाएर सञ्जीवनी अस्पतालको बोर्ड राखेको छ । आन्दोलनरत कर्मचारीले एक पटक बोर्ड हटाए पनि पुनः सोही बोर्ड राखिएको छ ।
Advertisement
नगर प्रमुख बिष्टले बाहिर सञ्जीवनीको नाममा बोर्ड राखी भित्र लर्डबुद्धको नाममा कारोबार भइरहेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।









