इजरायलमा मारिएका नेपालीको शव लिन जहाज पठाउन पर्यटन मन्त्रालय तयारी अवस्थामा

 

काठमाडौं । गत शनिबार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयले शव नेपाल ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । ‘युद्धग्रस्त क्षेत्रमा हामीले चाहेर मात्र जहाज लैजान सम्भव नहुने भन्दै सम्बन्धित पक्षसँग समन्वय गर्नुपर्ने छ । यसका लागि नेपाल एयरलाइन्सदेखि हिमालय एयरलाइन्स जसको जहाज सम्भव हुन्छ, सोही कम्पनीको जहाज लगेर भएपनि नेपालीहरुको उद्धारमा खटिने छ ।

Advertisement

 

नेपाल एयरलाइन्सले अघिल्लो साता मात्र आफ्नो वाइडबडी जहाज ए३३० मर्मतका लागि बेन गुरियन एयरपोर्टमा अवतरण गराएको थियो । यो इजरायलको राजधानीमा रहेको विमानस्थल हो । सो जहाजको उडान समय एकतर्फी औसत ७ घण्टा रहेको छ ।

सोहीकारण यो विमानस्थलमा नेपालबाट न्यारोबडी जहाजले भने सिधा उडान गर्न सम्भव छैन । सानो जहाज पठाउँदा अर्को कुनै विमानस्थलमा ट्रान्जिट गर्नुपर्छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु