नेपालगन्जमा ७२२ ग्राम ५३ मिलिग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । प्रहरीले भारी मात्रामा लागु औषधसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

लागु औषध नियन्त्रण ब्युरोको सूचनाका आधारमा लुम्बिनी प्रदेश र बाँके प्रहरीको संयुक्त टोलीले भारत बहराईच काजिपुरवाका २१ वर्षीया अल्बक्स खाँलाई पक्राउ गरेको हो ।

Advertisement

उनको साथबाट ७२२ ग्राम ५३ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले सोमबार साँझ नेपालगन्ज १५ जमुनाहाको ईटा भट्टा नजिकैबाट पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु