नेपालगन्जको बेलासपुरमा गाडी घरभित्र पस्दा १ जनाको मृत्यु, ३ घाइते

 

नेपालगन्ज —बाँकेको नेपालगन्ज-१२ बेलासपुरमा पिकअप गाडी अनियन्त्रित भई घरभित्र पस्दा ६ वर्षीय दृश्यसिंह बुढाथोकीको मृत्यु भएको छ । ३ जना घाइतेको नर्सिङहोममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक हिमराज विकले जानकारी दिए ।

Advertisement

उनका अनुसार बेलासपुर गाउँको मोडमा रहेको एक घरबाट सामान लोड गरेर फर्किने क्रममा भे १ च ३८१५ नम्बरको गाडी घरभित्र पस्दा आँगनमा खेलिरहेका बालकको घटनास्थलमै मृत्यु भएको हो ।

गाडीको ठक्करबाट ४३ वर्षीय संजय सिलवाल, ८ वर्षीय सन्जिव सिलवाल र ११ वर्षीया सृष्टि गौतम घाइते भएका छन् ।

एक परिवारले कोठा सार्नका लागि गाडीलाई बोलाएको थियो । प्रहरीले गाडीसहित चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । ईकान्तिपुर ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु