भुरिगाउँमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एक गम्भीर घाइते

 

बर्दिया —ठाकुरबाबा नगरपालिका–३ बगनाहास्थित भुरीगाउँबाट बनकट्टी जाँदै गरेको मोटरसाइकललाई अटो रिक्साले ठक्कर दिँदा
मोटरसाइलमा सवार ६० वर्षीय दरवारिया थारुको मृत्यु भएको छ ।

Advertisement

दुर्घटनामा मोटरसाईक चालक मख्खुराम थारु गम्भीर घाइते भएका छन्।

बनकट्टीका करिब ६० वर्षीय मख्खुराम थारुले चलाएको भे १२ प ११०८ को मोटरसाइलमा भे १ स ८६३२ नम्बरको अटोले ठ्क्कर दिएको थियो ।

गम्भीर घाइते भएका चालक मख्खुरामलाई उपचारार्थ शिक्षण अस्पताल नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ। प्रहरीले ठक्कर दिने भे १ स ८६३२ नम्बरको अटोका चालक ठाकुरबाबा–२ तिनघरुवाका ४७ वर्षीय धनीराम थारुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु