सुरु भयो गर्मीः नेपालगन्जको तापक्रम ३१ डिग्री सेल्सीएस

नेपालगन्ज। मौसम परिवर्तनसंगै बाँके लगायतका जिल्लामा तापक्रम बढ्ढो छ । आज नेपालगन्जको तापक्रम ३१ डिग्री सेल्सीएससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

यस्तै विराटनगर र जनकपुरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । महाशाखाका अनुसार आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस २ डिग्री सेल्सियससम्म रहने जनाइएको छ । यस्तै काठमाडौँको तापक्रम २५ डिग्री सेल्सियससम्म पुग्ने छ ।

Advertisement

यो तीन महिने प्रि–मनसुनमा देशभरको तापक्रम बढ्ने, हावाहुरी चल्ने, मोघ गर्जन र चट्याङसहित वर्षा हुने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु