जरिवाना नतिर्ने गुलरिया गोडिनपुरका ८० वर्षीय वृद्ध पक्राउ

 

बर्दिया — बर्दिया जिल्ला अदालतको फैसलाले अंश मुद्दामा जरिवाना भई जरिवाना रकम नतिरेका ८० वर्षीय जिेष्ठ नागरिक गुलरिया नगरपालिका–९ गोडियनपुरका ८० वर्षीय द्वारिका चमार पक्राउ परेका छन् । उनलाई २०६४ साल मंसिर १३ गते जिल्ला अदालत, बर्दियाले ४ हजार ५ सय १० रुपैयाँ ५० पैसा जरिवाना फैसला गरेको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार यसैगरी अंश मुद्दाकै गुलरिया–८ भंसार रोडका रहिमत अलीलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतबाट ०७१ साल फागुन २७ गतेको फैसलाले अंश मुद्दामा ४ हजार ८ सय ३७ रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु