बर्दिया — ठाकुरबाबा नगरपालिका– १ कि ५१ वर्षीया राधा बोहोराको हत्या आरोपमा भिनाजु र बुहारी पक्राउ परेका छन् । गत फागुन ४ गते उनको हत्या भएको थियो ।
हत्या आरोपमा भिनाजु नाता पर्ने ६९ वर्षीय शान्तबहादुर खत्री र निजकी बुहारी २४ वर्षीय उमा कुमारी खत्री रहेको प्रहरीले जनाएको छ । पक्राउ गरेका दुबै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
Advertisement
घरभित्र सल जस्तो कपडाले घाँटीमा बाँधेर हत्या गरी घरको खाँबोमा बाँधेको अवस्थामा शव फेला परेको थियो । तर घर बाहिर ढोकामा भने ताला लगाइएको थियो ।









