इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीले भने, अपरेसन भर्खर सक्सेसफुल भयो भन्दिनु है

 

काठमाडौं । इजरायलमा घाइते भएका दाङको दंगीशरण गाउँपालिका–३ हेकुली घर भई इजरायलमा रहेका २२ वर्षीय प्रविण डाँगीले अस्पतालको बेडबाटै भनेका छन्, शल्यक्रिया सफल भएको छ। एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन आग्रह गरेका छन् । मोबाइल नम्बरसमेत भन्दै डाँगीले भनेका छन्, ‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’ यो खबरले परिवारमा खुसि ल्याएको छ ।

Advertisement

उनको खुट्टामा गोली लागेको थियो । गत भदौ २६ गते बीएस्सी एजी पढेर थप ११ महिने प्रयोगात्मक अध्ययनका लागि उनी इजरायल गएका थिए ।

दंगीशरण गाउँपालिका–३ का वडाअध्यक्ष सुकलाल चौधरीले पनि प्रविणको अपरेसन सफल भएको जानकारी पाएको बताए । प्रविण र उनका बुवा निमबहादुर डाँगीबीच अपरेसनपछि पनि कुराकानी भएको आफूले थाहा पाएको वडाध्यक्ष चौधरीले जनाए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु