आजबाट नेपालगन्जमा कर्फ्‍यु र निषेधाज्ञा पूर्ण रुपमा हट्यो

 

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा लगाएको कर्फ्‍यु र निषेधाज्ञा मंगलबारबाट पूर्ण रुपमा हटाइएको छ ।

Advertisement

बाँके प्रशासनले विज्ञप्ति जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि लगाइएको कर्फ्‍यु र निषेधाज्ञा आजदेखि पूर्ण रुपमा हटाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘‘जिल्लाको शान्ति सुरक्षाको अवस्था हाल सामान्‍य रहेको हुँदा मिति २०८०।६।२३ गते बिहान ४ बजेदेखि पूर्ण रुपमा कर्फ्‍यु र निषेधाज्ञा हटाइएको छ ।’

साथै कुनै अमुक व्‍यक्तिले गरेको क्रियाकलापलाई लिएर सम्पूर्ण समुदायलाई नै आक्षेप लगाउने, सर्वसाधारणलाई भड्काउने वा धार्मिक, सामाजिक सद्‍भावमा खलल पुर्‍याउने कुनै पनि काम नगर्न सबैमा प्रशासनले अपिल गरेको छ ।

सामाजिक सन्जालमा लेखेको विषयलाई हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।;

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु