नेपालगन्ज । बाँके प्रहरीले होली पर्वमा कसैको मन्जुरी बेगर जबर्जस्ती अबरि र रङ नदल्न आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गरी होलीको नाममा कसैलाई दुर्व्यवहार नगर्न आग्रह गरेको हो ।
सदभावको पर्व होलीलाई मर्यादित रूपमा मनाउन र इच्छाविपरित काम भए गरिएको पाइएमा प्रहरीले कानुनी कार्यवाही गर्ने जनाएको छ ।
Advertisement
होलीको नाममा कसैले पनि मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, चाडपर्व मनाउने बहानामा अत्यधिक मादक पदार्थ सेवन नगर्न तथा पर्वको नाममा कुनै पनि अमर्यादित र उच्छृङ्खल काम नगर्न सो सूचनामार्फत प्रहरीले सबैलाई सचेत गरेको छ ।
होलीमा अवसरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका सवारी चालकलाई कारबाही गर्न मातहतलाई निर्देशन दिएको छ ।