ठाकुरबाबा बलातिमा हात्तिको आक्रमणले एक जनाको मृत्यु

बर्दिया —घर नजिकै गहुँ खाईरहेको बेला धपाउन  पुगेका ठाकुरबाबा नगरपालिका–२ बलातीका बलिराम थारुको  हात्तीको  आक्रमणबाट  बुधबार राति  मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले घर नजिक रहेको बारीमा राति करिब पौने १२ बजे आक्रमण गरेको प्रहरीले जनाएको छ ।

हात्तीले खेतबारीमा लगाएको गहुँबाली नोक्सानी गरिरहेका बेला थारुले धपाउन खोज्दा हात्तीले कुल्चेर मारेको हो ।

Advertisement

बर्दिया निकुञ्ज नजिक थारुको घर रहेको छ । हात्तीको आक्रमणपछि स्थानीय आक्रोशित भएको ठाकुरबाबा नपा–२ का वडा अध्यक्ष कमल चपाइले बताए । स्थानीयले वन्यजन्तुको आक्रमणकाविरुद्ध पूर्वपश्चिम राजमार्ग बन्द गराएको उनले जनाए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु