बर्दिया — बढैयाताल गाउँपालिका–६ मैनापोखरबाट मधुवनका दुई युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् र
Advertisement
गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ४२४७ नम्बरको गाडीमा सवार बर्दिया मधुवन नगरपालिका–८ गाउ नम्बर १ का २५ वर्षीय माधव चन्द र २४ वर्षीय अर्जुन कुँवर पक्राउ परेका हुन । उनीहरुबाट २४ ग्राम १ सय मिलीग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।









