‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन

 

काठमाडौ । ‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको थियो । माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एमबीएल इक्विटी फन्ड’ले १२ करोड इकाई बिक्री खुला गरेको हो ।

Advertisement

यसले प्रतिइकाई १० रुपैयाँको दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई जारी गरेको छ । कुल योजनाको आकारमध्ये १५ प्रतिशत इकाई माछापुच्छ्रे बैंक तथा १४ प्रतिशत इकाई माछापुच्छ्रे क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको १० करोड २० लाख इकाई सार्वजनिक निष्कासन भएको हो ।

यसमा न्यूनतम १ सय इकईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । लगानीकर्ताले आज कार्यालय समयभित्र यस फन्डको इकाईमा आवेदन दिनसक्नेछन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु