दाङस्थित प्लाई उद्योगमा आगलागी, रातिदेखिको आगो अझै नियन्त्रणमा आएन

 

दाङ/रासस : घोराही उपमहानगरपालिका-९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि शुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

Advertisement

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँकाट दमकल, टयाङ्कर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन गरेको बताए।

आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काममा लागेको प्रजिअ लम्सालले बताए। उनले बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको जानकारी दिए।

आगलागीको कारण खुलेको छैन।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु