बाघको आक्रमणबाट कसरी जोगिने ?

काठमाडौँ । पछिल्लो समय बाघ र चितुवाको आक्रमण दैनिक बढ्ढो छ । पछिल्लो पल्ट मधुवनको माया नर्सरीमा चितुवाले आक्रमण गरी बालकलाई घाईते बनायो । त्यसैले बाघको आक्रमणबाट कसरी जोगिने उपाय बारे प्रस्तुत गरेका छौँ । बर्दियामा १२१ पुगेको छ । सन् २०२२ यता देशभर बाघको सङ्ख्या ३ सय ५५ रहेका सरकारी तथ्याङ्क छ । यिनै बाघले मान्छेमाथि आक्रमण गरी ज्यान लिने गरेका छन् । नेपालमा बाघ तराई भूपरिधिमा रहेका पाँच वटा निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्र, जैविक मार्ग र वन क्षेत्रमा पाइन्छन् । चितवन, पर्सा, बर्दिया, बाँके, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्र एवं वन क्षेत्र नेपालमा तराई भूपरिधिभित्र पर्छ ।

यो बाघको मुख्य वासस्थान पनि हो । यहाँका बासिन्दा र यहाँ जाने पर्यटकले बाघको आक्रमणबाट जोगिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सुझाव:

Advertisement

– जंगलमा जाँदा चम्किलो कपडा नलगाउने,- जंगल वा जंगल छेउछाउ हुँदा कान र आँखा चनाखो राख्ने,

– बाघको चिन्न, पिसाब र गन्ध याद गर्ने,

– बाघ देखिएमा नजिक नजाने र नजिस्काउने,

– बाघको प्रजनन समय र वसन्त ऋतुमा जंगल नजाने,

– बाघ देखि हालेमा सम्भावना भएमा २० देखि २५ फिट अग्लो रुखमा चढ्ने

– बाघसँग जाम्का भेट भइहालेमा बाँघसँग टक्क आँखा जुधाएर पछाडि सर्दै सुरक्षित स्थानमा जाने,

– यदि समूहगत रूपमा बाघसँग जम्का भेट भएको छ भने, हल्ला नगर्ने, पानीमा हाम नफाल्ने किनकि बाघ पानीमा तैरिन सक्छ ।

– बाघले पशुवस्तुमाथि आक्रमण गरेको छ भने, खोस्न नजाने,

– बाघले आक्रमण गरेमा नजिकैको वन कार्यालय वा वन्यजन्तु आरक्षण कार्यालयमा जानकारी गराउने ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु