अझै आशमा छन् बर्दियाका द्धन्द्धपीडित

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–११, बेलभारकी देवमैया थारू यतिबेला उमेरले २५ वर्ष पुग्नुभयो । सानै उमेरमा बुवाको अनुहारसमेत राम्ररी नचिनेकी देवमैया थारूका बुवा सुरेशबहादुर चौधरी तत्कालीन द्वन्द्वमा मारिनुभएको जानकारी आमाले दिएको उहाँ बताउनुहुन्छ । देशमा परिवर्तन भए पनि द्वन्द्वपीडितले भने न्याय नपाएको उहाँको गुनासो छ ।

त्यस्तै गेरुवा गाउँपालिकाकी अस्मिता थारू अहिले पनि बुवा फर्केर आउने आशामा हुनुहुन्छ । अस्मिताका बुवा सुखलिया थारू पनि बेपत्ताको सूचीमा हुनुहुन्छ । उहाँको गुनासो छ, “द्वन्द्व सहिएर देशमा धेरै परिवर्तन भए । माओवादी पनि पटक पटक सरकारमा आयो तर बुवा जिउँदो हुनुहुन्छ कि मरिसक्नुभयो, अहिलेसम्म थाहा छैन । हामीलाई यथार्थ जानकारी चाहियो ।”

Advertisement

सशस्त्र द्वन्द्वको समयमा धेरैले परिवार गुमाएका छन् । बर्दियामा मात्र सशस्त्र द्वन्द्वको समयमा २५० जना बेपत्ता पारिएको थियो । गोरखापत्र अनलाइन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु