चोरीको आरोपमा नेपालगन्जबाट तीन पक्राउ

 

नेपालगन्ज —जिल्ला प्रहरी कार्यालय, बाँकेले मोटरसाइकल र ई–रिक्सा चोरी गरेको आरोपमा नेपालगन्जका २० वर्षीय अमिर ढापाली, सुर्खेतका २१ वर्षीय पवन पाण्डे, र ई–रिक्सा चोरेको आरोपमा जानकी गाउँपालिकाका २१ वर्षीय ओमप्रकाश जरवटलाई पक्राउ गरेको छ ।

Advertisement

बाँकेका प्रवक्ता एवं डीएसपी दिपक पातलीका अनुसार तीनै जनालाई प्रहरीले छुट्टाछुट्टै घटनामा फरक–फरक ठाउँबाट पक्राउ गरेको हो ।

 

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ का ढापालीले नेपालगन्जको गणेशमानचोक नजिकबाट भे १२ प ३०६९ नम्बरको मोटरसाइकल चोरेको आरोप । उक्त मोटरसाइकल नेपालगन्ज उपमहानगरपालिका वडा नं १६, मन्नापुरुवामा फेला परेको थियो ।

यस्तै, सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं। ४ का पवन पाण्डेले नेपालगन्जको बसपार्क नजिकबाट प्र ०२००१ प ६९०० नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल चोरेका थिए ।

 

 

 

उक्त मोटरसाइकल कोहलपुरको किरणनाला नजिक बेवारिसे अवस्थामा फेला परेको थियो । जानकी गाउँपालिका वडा नं। ९ बस्ने जरवटले नेपालगन्जको ढोडेगाउँबाट भे १ ह ३०७० नम्बरको ई–रिक्सा चोरेका थिए ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु