करेन्ट लागेर गुलरियामा १० वर्षीय बालकको मृत्यु

 

 

Advertisement

बर्दिया । गुलरिया नगरपालिका वडा ७ स्थित घरमा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।
व्याडमिन्टन खेल्दा कक छानामा अड्किएपछि लिन जाने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । घरको पङ्खाबाट करेन्ट चुहिएर टिनको छानामा करेन्ट पुगेको थियो । टिनकोछाना मै करेन्टले बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाईते भएका बालकलाई अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको हो । घटनाको बारेमा आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु