घोषणाको एक दशकपछि नौवस्ता औद्योगिक क्षेत्र निर्माण सुरु

 

बाँके । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रमा अतिक्रमित घर हटाएर औद्योगिक क्षेत्रभित्र सडक निर्माण गरिएको छ। तारजाली पनि लगाउन सुरु गरिएको औद्योगिक क्षेत्र बाँके नौवस्ताका व्यवस्थापक प्रदीप पराजुलीले बताए।

Advertisement

तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले २०७७ फागुन ११ गते नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए। तर अझै पूर्ण निर्माण भएको अवस्था छैन। बल्ल भौतिक संरचना निर्माण सुरु भएको छ। आउने आर्थिक वर्ष कुनै न कुनै रूपमा निर्माण देखिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ओलीले बताए ।

उनले बिचमा बजेटसमेत फ्रिज भएकको तर यो आर्थिक वर्षमा तारबार गर्ने र आउने वर्षमा केही देखिने गरी काम हुने बताए। उक्त परियोजनाको ‘डीपीआर’र ‘ईआईए’ काम सम्पन्न भइसकेको छ।

त्यहाँ औद्योगिक क्षेत्रभित्र सडकमा पर्ने घरटहरा सर्वदलीय सहमतिमा हटाएको उनले बताए । सडकको ट्रयाक खोल्ने काम सकिएको छ। अब केही हप्ताभित्रै तारजाली सक्ने योजना रहेको पनि उनले सुनाए । अहिले उक्त क्षेत्रभित्र २५० औद्योगिक क्षेत्रको नाममा जग्गा रहेको र केही सरकारी संरचनासमेत रहेकाले घटाएर निर्माण गर्ने योजना छ । नौवस्ता औद्योगिक क्षेत्रभित्र सशस्त्र प्रहरीको गण तथा अन्य सरकारी कार्यलयहरूको जग्गा छोड्दा करिब २ सय ४० बिघा हुने अनुमान गरिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु