जातीय संस्थाहरुले मागे मातृभाषाको शिक्षक दरबन्दी

काठमाडौँ — आदिवासी जनजातिलगायत जातीय संस्थाहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा विधेयकबाट विद्यालयमा मातृभाषाको शिक्षक दरबन्दी राख्ने व्यवस्था गर्न माग गरेका छन् ।

शिक्षाको धारमा आदिवासी ज्ञान शिक्षाको धार पनि थप गर्न उनीहरुको माग छ । संसद्‌मा विचाराधीन विधेयकमा साधारण, प्राविधिक र परम्परागत धार हुने उल्लेख छ । परम्परागत धारमा व्यवहारमा अध्ययनरअध्यापन भइरहेको‘मुन्धुम/मुन्दुम/मुक्दुम’ शिक्षा समावेश गर्न माग गरिएको छ ।

Advertisement

जातीय संस्थाहरुले संविधान र संघीयताको मर्मअनुसार मात्रै शिक्षा विधेयक अघि बढाउन पनि सांसदहरुलाई आग्रह गरेका छन् । जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्न नहुने ती संस्थाहरुको माग छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु