पथरी – मोरङको पथरी-शनिश्चरे वडा नम्बर २ मा रहेको सिडलिङ मन्टेश्वरीले दीक्षान्त समारोह सम्पन्न गरेको छ।
Advertisement
सोमबार हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा पथरी-शनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुम्बापोले बालबालिकामा गरेको लगानी सबैभन्दा महत्वपूर्ण हुने बताए।
मन्तव्यकै क्रममा उनले संस्था जन्माउन मात्र ठूलो कुरा नभई संस्थालाई टिकाइरहनु चै उपलब्धीमुलक हुने बताए।
मन्टेश्वरीको अध्यक्ष तथा प्रिन्सिपल बिन्दु राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष नैना राई, वडासदस्य चन्द्रकुमार राई लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा मन्टेश्वरीका बालबालिकाले विभिन्न सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।









