थारु कलाकार मंच बाँकेको दोस्रो अधिबेशन सम्पन्न

नेपालगन्ज बुधबार, असोज २४
थारु कलाकार मंच बाँकेका दोस्रो अधिबेशन भव्यताका साथ सम्पन्न भएको छ ।

Advertisement

थारु कलाकार मंच बाँकेका अध्यक्ष सोहनलाल थारुको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । अधिबेशनबाट रामु चौधरीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ । बरिष्ठ उपाध्यक्ष लक्ष्मी चौधरी, उपाध्यक्ष श्रीदेबी थारु, सचिव देवदास चौधरी, सहसचिव संजिता सुमकुशुम्या, कोषध्यक्ष अमृता थारु रहेकाछन् । दिपक थारु, दितेन थारु, निर्माला चौधरी, बिकेश चौधरी सदस्यमा चयन भएकाछन् । अधिबेशनको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य दुर्गा चौधरीले कलाकारहरुको भाषा संस्कृति संरक्षणमा महत्वपुर्ण योगदान हुने भएकाले सबैले सम्मान गर्नु पर्ने बताए ।

यस्तै शुभकामना मन्तव्य दिदै लुम्बिनी प्रदेश सदस्य सन्जु चौधरीले थारु कलाकारहरुलाई जोगाउने सबैको दायित्व रहेको बताइन् । अगामी दिनमा कलाकारहरुलाई अगाडी बढाउन प्रतिबद्ध समेत उनले व्यक्त गरिन् । अब कलाकारहरु आप्mनो कला संस्कृतिलाई व्यवासायिकरण गर्न समेत, उनले सुझाव दिइन् ।

यस्तै थारु कलाकार मंचका केन्द्रिय अध्यक्ष बिनय बैद्यले थारु कलाकारहरुको गितसंगितमा करोडौं रुपैयाँ लागानी भएपनि राज्यले हेर्ने दृष्टिकोण फारक रहेको बताए ।
अहिलेसम्म थारु कलाकारहरुलाई राज्य सहयोग नगरेको उनले गुनासो गरे । यस्तै थारु कल्याणकारिणी सभा बाँकेका सभापति बिनोद थारुले कलाकारहरु राजनीतिक रुपमा पनि सफलता प्रप्ता गर्दै आएकाले उनीहरुलाई राजनीतिक तर्पm पनि अगाडी बढाउनु पर्ने बताए । शुभकामना मन्तव्य दिर्दै अतिथिहरुले कलाकारहरु थारु भाष संस्कृति संरक्षण तथा प्रबद्र्धनमा ठुलो योगदान पु¥याउदै आएकाले प्रशांसा समेत व्यक्त गरेका थिए ।

संघले थारु भाष संस्कृति संरक्षणमा योगदान पु¥याएका बिभिन्न समुदायका ८ जनालाई कदर पत्र सहित सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा छेदा थारु, गणेश दहित, बिनोद थारु, नवराज सुबेदी, दुर्गा रानामगर, लक्ष्मी चौधरी, कृष्ण राज अधिकारी र नयाँ सृजना युवा क्लबलाई कदर पत्र सहित सम्मान गरिएको छ । यस्तै कार्यक्रमका १० जना अतिथिहरुलाई मायाको चिनो स्वारुप थारु पहिचान झल्काउने गोलराबाट प्रदान गरिएको थियो

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु