गुलरिया- जिल्ला प्रहरी कार्यालय बर्दियाले हाडनाता करणी मुद्दामा फरार रहेका बढैयाताल गाउँपालिका–१ का कुलबहादुर सुनारलाई करिव २३ बर्षपछि पक्राउ गरेको छ ।
Advertisement
बर्दिया जिल्ला अदालतले २०५९ बैशाख २९ गते फैसला सुनाउँदै तीन वर्ष कैद सजाय तोकेको थियो ।उनलाई प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–८ हवलदारपुरबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका सुनारलाई फैसला कार्यान्वयनका लागि बर्दियामा जिल्ला अदालतमा पेश गरिएको छ ।









