करिब ३ सय किलोग्राम गाँजा सहित एक जना पक्राउ

 

धनकुटा, २० चैत । साँगुरीगढी गाउँपालिका–६ कामछेकस्थित भेडेटार रविराँके सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय किलोग्रामसहित एकजना पक्राउ परेका छन् ।

Advertisement

मोरङ विराटनगर महानगरपालिका–१५ बस्ने २६ वर्षीय प्रिन्स कुमार साहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

 

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.१ च ३४७८ नम्बरको कारलाई जाँच गर्ने क्रममा ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी कारमा सवार उनलाई पक्राउ गरेको हो ।

 

प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु