File photo
बर्दिया — बुधबार दिउँसो चितुवाको आक्रमणबाट बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरका १० वर्षीय सिर्जन थारु घाइते भएका छन् ।
Advertisement
प्रहरीका अनुसार गुलरिया नगरपालिका–४ स्थित केराबारीमा पानी सिँचाइ गर्न हजुरबुवासँग खेतमा गएको बेला चितुवाले आक्रमण गरेको हो । बालक खाटमा बसिरहेको बेला चितुवाले टिपेर दौडिँदा होहल्ला गर्दा छोडेर भागेको हो ।
घाइते बालकको प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ । बालकको घाँटीको दुईतिर गहिरो चोट लागेर रगत बगिरहेको छ।’









