प्रथम शिखा बाँके जिल्ला स्तरीय पौडी प्रतियोगिता हुँदै

प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिता हुने भएको छ । शिखा एकेडेमी कोहलपुरको आयोजना तथा नेपालगञ्ज पौडी क्लबको समन्वयमा आयोजना हुने पौडी प्रतियोगिताबारे आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

यही चैत २३ गते शनिबार हुने प्रतियोगितामा जिल्लाका १५ विद्यालयका ६५ जना विद्यार्थीहरुको सहभागिता रहने आयोजक शिखा एकेडेमीका अतिरिक्त क्रियाकलाप प्रमुख सुर्यमणि अधिकारीले जानकारी दिए । जसमा १७ जना महिला र ४८ जना पुरुष छन् । यस प्रकारको प्रतियोगिता काठमाडौं बाहिर पहिलो पटक हुन लागेको आयोजकको दाबी छ । प्रतियोगितामा ८ देखि १७ बर्ष उमेरका विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् । शिखाले आफ्नै पौडी पोखरीमा प्रतियोगिता आयोजना गर्दैछ ।

Advertisement

पौडी खेलको विकास गर्ने उद्देश्यका साथ विद्यालयले नेपालगञ्ज पौडी क्लबसंग समन्वय गरी जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको अधिकारीले बताए । यसले पौडी खेलाडीहरुको प्रतिभालाई उजागर गर्ने आयोजकको विश्वास छ । पत्रकार सम्मेलनमा शिखा एकेडेमीका अध्यक्ष गोपाल प्रसाद अधिकारी, सिईओ डा. राजकुमार सुवेदी, प्रिन्सिपल ई. राजीव सुवदी लगायतले विद्यालयबारे जानकारी गराउँदै पढाईसंगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिएको बताएका थिए । त्यस अवसरमा किड्स किंगडमका अध्यक्ष माधव प्रसाद अधिकारी, स्विमिङ संघ लुम्बिनी उपाध्यक्ष सञ्जय थापा लगायत विद्यालय संचालक सदस्यहरुको उपस्थिति थियो । शिखा एकेडेमी कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपरी नयाँबस्तीमा अवस्थित छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु