हात्तीको आक्रमणमा परी बाँके राष्ट्रिय निकुञ्जका फडितको मृत्यु

File  photo

नेपालगन्ज —बाँके राष्ट्रिय निकुञ्जको खडकबारस्थित हात्तीसारमा कार्यरत फडित बर्दियाको ठाकुरबाबा गाउँपालिका–९ बानुगाउँ घर भएका ४५ वर्षीय आशाराम थारुको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

Advertisement

बधबार राति हातीलाई घाँसमा हाल्न जादा हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार थारुलाई आक्रमण गर्ने हात्तीले यसअघि पनि धेरैलाई आक्रमण गरेको थियो ।

१८ वर्षीय उक्त भाले हात्तीलाई २०७३ सालमा बर्दियाबाट ल्याउँदा मृतक आशाराम पनि सँगै आएका थिए ।

१८ वर्षीय उक्त भाले हात्तीलाई २०७३ सालमा बर्दियाबाट ल्याउँदा मृतक आशाराम पनि सँगै आएका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु