बर्दिया । नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दहाल भुमिगतकालमा सरण लिने आफ्नो माईती गाउँ बढैयाताल गाउँपालिका वडा न. ५ स्थित जगतिया गाउँ आए । शुक्रबार बिहान उनले उक्त गाउँमा ढिकरीको खाजा खाए ।
जसापकोटा, पम्पा भुसाल लगायतका नेताहरु हुलाकी रोड भएर महाकाली यात्रा जनजागरण कार्यक्रममा सहभागि हुन माओबादी नेताहरु जगतिया गाउँ आए । पुराना दिनहरु स्मरण गरे । खासमा गाउँको नाम जगतिया हो । हाल माईती गाउँको नामले परिचित छ । सशस्त्र आन्दोलनका क्रममा तत्कालिन माओवादीका नेताहरु सुरक्षित हुन यहाँ आउँथे । माओवादी अध्यक्ष पुष्पकमल दहाल, बाबुराम भट्राई, पुर्ब गृहमन्त्री रामबहादुर थापा, मोहन बैद्य लगायतका शिर्ष नेताहरुको आश्रयस्थल बन्यो । अनि माओवादीका शिर्ष नेताहरुले जगतिया गाउँको नयाँ नाम जुराए—माईती गाउँ ।
Advertisement
सुरक्षा दिएर व्यहारमै माईती भूमिका निर्वाह गरे यहाँका सर्वसाधारण । शिर्ष नेताहरुलाई सुरक्षा दिने यो गाउँले निकै ठूलो मुल्य चुकाएको छ । एउटै गाउँका नावालिकासहित नौ सर्वसाधारणले ज्यान गुमाएका छन् । दुई जना हालसम्म बेपत्ता पारिएका छन् । भुमिगतकालमा आश्रयका लागि आउने नेताहरु सरकारमा पुग्दा यो गाउँ बिर्से । नेताहरु सरकारमा पुगे तर गाउँँले केही पाएन । द्धन्द्धकाल र बर्तमानसम्म आई पुग्दा खासै परिवर्तन देखिएनन् ।
बर्दियाको सोरहवा गाविस २ हाल बढैयाताल गाउँपालिका ५ मा जगतिया गाउँ छ । यहा“का स्थानीयले जमिन्दारको जग्गा बटैयामा लगाउँथे । त्यसैलाई आधार बनाउँदै माओवादीले गाउँलाई आधार ईलाका बनाएको थियो । पन्चायतकालमा पनि यो गाउँमा प्रजातन्त्रका पक्षमा भूमिगत कार्यक्रम गरिन्थे । ०५२ सालदेखि माओवादी गतिबिधि बढ्दै गएपछि जगतिया गाउँ फेरि चर्चा पायो ।
माओवादी सरकारमा गएपछि स्थानीयहरुले आफूले गरेको योगदानको स्मरण गराउँदै पीडित परिवारको पक्षमा काम गर्न अनुरोध गरे । तर सुनवाई भएको छैन । कतिपय तत्कालिन माओवादी नेताहरु राजनीतिबाटै पलायन भइसके ।
गाउँनै माओवादी भएको आरोप लगाउँदै तत्कालिन सुरक्षा फौजले अतांक मचायो । डर र त्रास देखाउन तीन कक्षामा पढ्दै गरेकी नाबालिका रुपा चौधरीलाई घरबाट निकालेर सार्वजनिक स्थलमै गोली थोके । उक्त घटना देखाउन सुरक्षा फौजले गाउँभरीमा स्थानीयलाई एक ठाउँमा भेला पारेको थियो । र, माओवादीमा लाग्ने हरेकको यसैगरी हत्या गर्ने धम्की दियो । तर गाउँ राजनीतिकरुपमा तातिरहयो । सुरक्षा फौजको यातनाले बिद्रोही बढे । ‘
स्थानीयका अनुसार माईती गाउँका रुपा, नविन, सिमा, लक्षमण, सीता, तारा, छोटेलाल, लोकनाथ र सिताराम थारुको हत्या भयो । स्थानीय शिवचरण थारु र बुद्धिमाया सापकोटालाई माओवादी आरोपमा पक्राउ गरी बेपत्ता पारिएको छ ।









