नेपानगन्ज । युद्धग्रस्त इजरायलबाट नेपाली ल्याउन
नेपाल वायुसेवा निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको छ । निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए अनुसार
उक्त जहाज बेलुका ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
Advertisement
जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएको छन्।
एयरलाइन्सको जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जानेछ। त्यहाँ नेपाली राजदूतावासको सम्पर्कमा आएका विद्यार्थीहरूलाई सुरूमा उद्धार गरिने छ ।
प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले शनिबार आक्रमण गरेपछि १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो। अन्यले बंकरभित्र लुकेर ज्यान जोगाएका थिए।
आज गएको २७४ यात्रु क्षमताका वाइडबडी विमानमा २५४ जना विद्यार्थी नेपाल फर्कनेछन्। लगत्तै अन्यलाई पनि नेपाल फर्काइने छ । युद्ध जारी रहेकाले शव ल्याउन भने केही दिन लाग्ने छ ।









