आदर्श माध्यमिक विद्यालयमा शनिबार सीमित सिटको इन्ट्रान्स आयोजना भएको छ ३७ वटा सिटको लागि करिब २०० भन्दा बढी विद्यार्थीहरुले इन्ट्रान्स एक्जाम दिएका छन्।
आदर्श प्रति विद्यार्थी तथा अभिभावकहरूको आशा भरोसा तथा विश्वास विश्वास बढेकाले इन्ट्रान्स एक्जाम दिन विद्यार्थीहरूको घुइँचो लागेको हो। बाँकेका अरु विद्यालयहरूले विद्यार्थीहरूलाई खोज्न घरदैलो गर्नुपर्ने अवस्थामा आदर्शमा सिमित सिटहरूको लागि पनि यति धेरै विद्यार्थीहरुले इन्ट्रान्स दिइएको प्रिन्सिपल महेश्वर जोशीले बताउनु भयो ।
Advertisement
नेपालगञ्जमा आफ्नो स्थापनाकालदेखि आदर्श माध्यमिक ले आफूलाई अब्बल साबित गर्दै आइरहेको छ।










