आउँदै गरेको हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका तिजको अवसर पारेर नेपालगन्ज वडा नं १२ कोरियनपुरमा रहेको हरियाली महिला बचत समूहले तीज कार्यक्रम आयोजना गरेको छ ।
समूहमा आवद्ध दिदिबहिनिहरुले मन मिलाएर बर्षमा एक पटक सामुहिक रुपमा खुसी बाँड्न एकै थलोमा नाचगान सहित तीज मनाउन कार्यक्रम आयोजना गरिएको सहमागी माधवा जीसीले जानकारी दिनुभयो ।
Advertisement

अरु बेला चाडपर्व पर्दा आफूहरु नै चुलो चौको गर्नुपर्ने , सबैलाई खुवाएर , हेरविचार गरेर बल्ल आफूहरुले फुर्सद पाउने अवस्था रहने हुँदा एकदिन सबैजना केही समय भएनी चुलो चौको नगरी नाचगान गर्दै जमघट गर्न पाउँदा रमाइलो भएको तीज कार्यक्रममा सहभागी भएकाहरुको भनाई थियो ।









