गुलरिया ४ बेलौली गाउँमा शसस्त्र प्रहरीमाथि आक्रमण, ६ युवा पक्राउ

 

गुलरिया— बर्दियाको गुलरिया नगरपालिका–४ बेलौली गाउँमा चर्को आवाजमा डिजे बजाएर नाचगान गर्र्ने एक युवाको समूहले प्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

Advertisement

स्थानीयको गुनासोपछि बेलौली पुगेको प्रहरी टोलीले युवाहरुलाई सम्झाउन खोज्दा उनीहरु आक्रमण उत्रिएको बर्दिया प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी सेनामुखी प्रहरी चौकीबाट खटिएका एक हवल्दार र प्रहरी जवानले उनीहरुलाई सम्झाउँदा युवाले आक्रमण गर्दा घाइते सशस्त्र प्रहरी घाईते भएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई आक्रमण गर्ने अन्य युवाको खोजी भइरहेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु