बस्ती पसेर चौपाया मार्ने बाघलाई निकुन्जले गेरुवाको वनबाट नियन्त्रणमा लियो

फाईल फोटो ।

बर्दिया — गाउँ पसेर स्थानीयका गाई, गोरु, बाख्रा खाने बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जले गेरुवा गाउँपालिकाको जनकनगरस्थित सामुदायिक वनबाट मंगलबार राति नियन्त्रणमा लिएको छ ।

Advertisement

बाघको आतंकले स्थानीय त्रसित बनेपछि निकुन्जले उक्त बाघलाई नियन्त्रणमा लिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना र बर्दिया निकुञ्जका कर्मचारीको सहयोगमा मंगलबार राति नियन्त्रणमा लिईएको निकुञ्ज प्रशासनले जनाएको छ ।

नियन्त्रणमा लिएको बाघलाई ठाकुरद्वारामा राखिएको छ । पछिल्लो गणना अनुसार बर्दिया निकुञ्जमा १ सय २५ वटा बाघ रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु