हाईसको ठक्करबाट साइकलयात्रीको मृत्यु

कैलाली, २७ चैत- जानकी गाउँपालिका-५ अमौरास्थित सडकमा सु.प.प्र.०१-००१ ज १५९८ नम्बरको हाइसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४४ वर्षीया हरू बडुवालको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

प्रहरीले हाइस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु