आयो दशैंः दुर्गा भवानी बनाउन भ्याइनभ्याइ

 

 

Advertisement

नेपालगन्ज— बाँके र बर्दियाका मुर्तिकारहरुलाई दुर्गा भवानीको मुर्ति बनाउन भ्याइनभ्याइ छ । दसैं नजिकिदै गर्दा उनीहरुलाई मुर्तिको कामले च्यापेको हो । व्यस्तताले उनलाई बोल्नसमेत समय छैन । यस वर्ष ठाउँ अभावका कारणले १० वटा दुर्गाको प्रतिमामात्र बनाउने जिम्मा लिएका छन् । एउटा मुर्तिको मुल्य १० हजारदेखि २५ हजार रुपैयाँसम्म पर्छ ।

दसैं सुरु हुन केही सातामात्रै बाँकी छ । त्यसैले दुर्गा बनाउन बढी व्यस्त हुनु परेकेो हो । दुर्गा भवानीसंगै गणेश, कुमार भगवानका प्रतिमा पनि बनाईन्छ । एउटा मुर्ति बनाउन तीन दिन लाग्छ ।
मुर्ति बनाउनका लागि माटो, खर, सनपातको डोरी, बाँस र काठ प्रयोग हुन्छन् । ती समाग्री खरिद गर्नुपर्छ । अन्तिममा मुर्तिलाई रंगरोगन पनि गरिन्छ । जसले गर्दा मुर्तिको मुल्य बढी हुने गरेको छ ।

नेपालगन्ज अंकितकुमार मिश्रा र अंकित त्रिपाठीलाई पनि दसैंको पूजाका लागि मुर्ति बनाउन चटारो छ । उनीहरुे खाली ठाउँमा मुर्ति बनाउन ब्यवस्त छन् । उनीहरुले पनि करिव १५ वटा मुर्ति मनाउने लक्ष्य लिएका छन् । उनीहरुले एउटा मुर्तिको मुल्य १५ देखि २० हजार रुपैयाँ तोकेका छन् । ‘हामीसंग धेरै समय छैन । त्यसैले बढी व्यस्त भएका छौँ । जिम्मा लिएका मुर्ति समयमा दिनुपर्ने छ,’ दुर्गाको मुर्तिलाई पूर्णरुप दिंदै गरेका मिश्राले भने ।
हिन्दु समुदायमा दसैंको रन्को बढ्न थालेको छ । चोकचोकमा दुर्गा माताका मुर्ति राख्ने तयारी भइरहेको छ । मन्दिर, घर, सडक सिंगारिन थालेका छन् ।

क्

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु