नक्कली लाईसेन्स दिई ३ करोड भन्दा बढी रकम असुल्ने यातायात कार्यालय नेपालगन्जका ४ जना पक्राउ

जिल्ला बाँके, यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुले नक्कली सवारी चालक अनुमति पत्र बितरण गरी मासिक ३ करोड भन्दा बढी रकम कलेक्सन गर्ने गरेको भन्ने समेतको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल र आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट संयुक्त रुपमा खटिई गएको टोलीले आज मिति २०८१।१२।२७ गते यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज के.सी. र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरद कुमार गोराथोकीलाई निजले प्रयोग गर्ने गरेका बिद्युतीय उपकरणसहित बाँके जिल्लाका बिभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु