हेटौंडा — इलाका प्रहरी कार्यालय मनहरी क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा राक्सिराङ गाउँपालिकाको बाटो हुँदै गाँजा बोकेर आएका चार जनालाई १५० केजी गाँजासहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गाँजासहित पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ३० वर्षीय रामशरण चेपाङ,कैलाश गाउँपालिकाकै १९ वर्षीय विश्वराम चेपाङ, ५६ वर्षीय कमानसिं चेपाङ, ३० वर्षीय कृष्णबहादुर चेपाङ रहेका छन् । पर्सा राष्ट्रिय निकुन्ज पार गरेपछि उनीहरुलाई गाँजा बोके बापत प्रतिकेजी ५ सय रुपैयाँ दिने भनि व्यापारीले प्रलोभनमा फसाएको बताएका छन् ।









