गुलरिया — ईलाका प्रहरी कार्यालय मैनापोखर र इलाका प्रहरी कार्यालय बानियाभारले दुई दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरका इन्चार्ज प्रहरी निरीक्षक राजेश साहुको नेतृत्वमा खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका २ फुटाहबाट ठुलो डाँफेका ३५ वर्षीय सुमित शाही र ३० वर्षीय अनिल थापालाई नियन्त्रणमा लिएको हो ।
उनीहरुले कुखुराको दानामा लुकाएको ८ सय १० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । उनीहरुबाट नगद २२ हजार ५ सय फेला परेको छ ।
यस्तै, बारबर्दिया नगरपालिका–४ कुसुम्बाघाटबाट गुलरिया–८ कोठिया गाउँका २५ वर्षीय दिनेश चौधरी र वडा नंम्बर ७ गुलरियाका २२ वर्षीय राजकुमार अहिरलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
उनीहरुबाट १ ग्राम २० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद ३ हजार ६ सय ४६ समेत फेला परेको छ ।









