, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको अर्थतन्त्रमा हल्ला गरिए जस्तो समस्या नभएको र जबरजस्ती गलत भाष्य सिर्जना गरिएको बताएका छन् ।
Advertisement
‘अर्थतन्त्र बिग्रियो खत्तमै भयो भन्ने भाष्य गलत छ,’ मन्त्री रिजालले भने’ सबै पक्ष मिलेर अघि जाने हो । एक अर्कोलाई दोष थोपरेर हिंड्नु गलत छ ।’
मन्त्री रिजालले ब्याजदर कम गर्न सरकारले पहल गर्नुपर्ने पनि बताए।









