काठमाडौं । राजावादी आन्दोलन मुख्य कमाण्डर दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई प्रहरीले पक्राउ गरी काठमाडौं ल्याउन विमान चढाइएको छ । झापाको चन्द्रगढी विमानस्थलबाट उनीहरुलाई काठमाडौैं ल्याउन लागिएको हो ।
Advertisement
काठमाडौं आउनका लागि उनीहरु दुबै जना प्लेन चढिसकेको र अबको केहीबेरमा काठमाडौं आइपुग्ने प्रहरी स्रोतले जनाएको छ । उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ ।
प्रसाईं विहीबार भारतको आसाम राज्यमा फेला परेका थिए । उनलाई ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।
१५ चैतमा तीनकुनेमा भएको आन्दोलको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । सो घटनापछि प्रसाईं भागेर भारत पुगेका थिए ।
उनी यसअघि हतियारसहित सर्वोच्च अदालत परिसर छिर्न खोजेको आरोपमा पक्राउ परेका थिए ।









