गोकर्णेश्वरमा गोली चल्यो, एकजना घाइते

 

२५ असोज, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएको जनाएको छ । त्यस्तै ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

 

गोकर्णेश्वर नगरपालिका-९ जगडोलमा लुटेरा समूह आएको खबर पाएपछि प्रहरी पुगेको थियो । तर लुटेरा समूहले हतियार निकालेपछि आत्मरक्षाका लागि गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

‘लुटेरा समूह आएको जानकारी पाएपछि हामी पुगेका थियौं, चेकजाँचका क्रममा उनीहरुले हतियार निकाले’, उनले भने,’आत्मरक्षाका लागि हामीले पहिले गोली चलायौं । एक जना घाइते भएका छन् ।’

S

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु