बर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार

 

काठमाडौं, ३१ चैत । बर्षको अन्तिम दिन सुनको मूल्य  हालसम्मकै उच्च कायम भएको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार रूपैयाँले बृद्दी भएर सुनको मुल्य प्रति तोला १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ ।

 

शुक्रबार, छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

उता, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढन पुगेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु