गुलरिया — बारबर्दिया नगरपालिका–४ जिराहा सामुदायिक वनमा दाउरा संकलनका लागि गएकी ४० वर्षिया उर्मिला थारुलाई चितुवाले आक्रमण गरेको छ । चितुवाको आक्रमणपछि थारु घाइते भएकी छन् ।
Advertisement
डिभिजन वन कार्यालय,बर्दियाका सूचना अधिकारी एंव वन अधिकृत रामकुमार चौधरीका अनुसार चितुवाको आक्रमणमा परी घाईते थारुको बारबर्दिया स्थित नगर अस्पतालमा उपचार भइरहेको छ ।
बर्दियाका सामुदायिक वनमा चितुवाको आक्रमण बढ्दो छ ।
गत मंसिरयता चितुवाको आक्रमणमा १३ जना घाइते भएको र दुई जनाको मृत्यु भएको सूचना अधिकारी एंव वन अधिकृत चौधरीले बताए ।









