काठमाडौं, ३१ चैत । चार देशीय टी २० सिरिजको उपाधी जित्न नेपाल चुकेको छ । जम्मा तीन रनको अभावले नेपाल उपाधीबिहिन हुन पुगेको हो । कबुेतले दिएको १७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले सुरूवाती खराब ब्याटिङ गर्दै उपाधीबिहिन हुन पुगेको हो ।हङकङस्थित मिसन क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १७४ रन बनाएको थियो।
Advertisement
१७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालको सुरुवाती ब्याटिङ कोल्याप्स हुँदा नेपालले १९.३ ओभरमा १७१ रन बनाउँदै अलआउट हुन बिवश भएको हो । सुरूवाती खराबी ब्याटिङ गरेको नेपालले नवौं विकेटका लागि नन्दन यादव र वसिर अहमदले ७२ रनको साझेदारी गर्दै नेपालको खेललाई लयमा फर्काएका थिए। अन्तिम ओभरमा ११ रन चाहिएको थियो। अन्तिम ओभर र अन्तिम विकेटको रुपमा ललित राजवंशी र बसिर अहमद क्रिजमा रहेका थिए।
पहिलो बलमा नो बल हुँदै छक्का गएपछि ६ बलमा ४ रन चाहिएको थियो। त्यसपछि लगातार २ बल डट खेलेर बसिर १९.३ मा ठूलो सट खेल्ने धुनमा बाउन्ड्री लाइनमा क्लिन्टो एन्टोको हातमा क्याच आउट हुन बिवश भए ।








