विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो। विक्रम संवत् भारतका विभिन्न राज्यहरूमा पनि प्रचलनमा रहेको छ। यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो। यो इस्वी सम्वत् (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ। यस पात्रोमा वर्षको सुरूवात वैशाखको पहिलो दिनबाट हुन्छ। नयाँ वर्षको सुरूवात सामान्यतया ग्रेगोरी पात्रोको अप्रिल महिनाको १३ वा १४ तारिकमा पर्दछ। विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बतमा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन्। विक्रम सम्बत नेपालको आदि संवत् समेत हो।
विक्रम सम्बतको नेपालमा प्रचलन
Advertisement
नेपालमा यस पात्रोको प्रयोग आधिकारिक रूपमा चन्द्र शमशेरले प्रयोग गरे पनि रामशाहको पाला र त्यो भन्दा अगाडि प्रयोग भएका धेरै उदाहारहरू छन् ।
नेपालमा शक सम्बत तथा नेपाल सम्वत प्रयोग पनि हुने गर्दथ्यो अनि शक सम्बत १८२३ मा त्यस शक सम्बतलाई आधिकारीक प्रयोगबाट हटाईयो र विक्रम सम्बतको १९५८ औँ सालमा यो नेपालको आधिकारिक पात्रो बन्न पुग्यो भन्ने कसै कसैको भनाइ छ तर लिछ्छवी, मल्ल काल, सेन वंश का कतिपय शिलालेखहरूमा तथा पृथ्वीनारायण शाह का प्रारम्भिक शिलालेखहरूमा विक्रम सम्बत रहेकोले यो कथन झुटो ठहरिन्छ । प्रमाणको लागि तल का अनुच्छेद हरू पढे थाहा हुन्छ ।
नेपाल अंग्रेज युद्द् ताका का अधिकांश कागज पत्रमा विक्रम सम्बत प्रयोग भएको यथार्थ लाई त्यतिकै छोप्न सकिन्न । पृथ्वीनारायण शाह देखि भीमसेन थापा हुदै कोतपर्व सम्म का अधिकांश कागजात हरू हेरे विक्रम सम्बतको व्यापक प्रयोग देख्न सकिन्छ ।









